१२ आश्विन २०८१, शनिबार | September 28, 2024

विश्व रेबिज दिवसमा बुटवलमा प्रभातफेरी तथा अन्तरक्रिया



बुटवल । प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर विश्व रेबिज दिवसको रूपमा मनाईन्छ । सोही अनुसार बुटवलमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलमो मुख्य आयोजना र अन्य निकायको सहकार्यमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

बुटवलको मिलनचोकमा रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बाट सुरु भएको प्रभातफेरी बुटवल उपमहानगरपालिकामा गएर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

रुपन्देही स्थिति विभिन्न पशुपंक्षि क्षेत्रका कार्यालय, संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि सहित पक्लिहवा कृषि क्याम्पस भैरहवाका विद्यार्थीहरुको सहभागीतामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

नियमित रेबिजविरुद्धको खोप लगाउँ, रेविज हुन बाट बचौं सहित का विभिन्न चेतानामुलक, सन्देशमुलक प्लेकार्ड, व्यानर सहितको प्रभातफेरी बुटवलको मिलनचौकबाट नयाँ बसपार्क, अस्पताल लाईन, ट्राफिक चौक, हटाबजार लाईन हुँदै बुटवल उपमहानरपालिका रहेको स्थान बुटवल-४ मा पुगेर अन्तरक्रिया मा परिणात भएको थियो ।

जिल्ला संम्वनय समितिका प्रमुख तथा पशु प्राविधिक समेत रहेका उमाकान्त चपाईंले कार्यक्रममा बोल्दै रेविजबाट बच्नको लागि खोप नै प्रमुख विकल्प भएको बताएका थिए । कार्यक्रममा बुटवल उपमहानरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले छाडा चौपायबाट रेबिज सर्ने संभावना उच्च रहेको भन्दै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनमा लागिपरेको बताइन ।

कार्यक्रममा प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका प्रवक्ता, प्रमुख नापी अधिकृत भूमिश्रोत नक्सांकन महाशाखा प्रमुख अनिल मरासीनी, पशुपंक्षि तथा मत्स्य विकास महाशाखा प्रमुख घनश्याम चौधरी, नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्याय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. प्रवेश सिंह कुँवर लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा डा. भरत काफ्लेले रेबीज रोगको विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसबाट बच्ने उपाय लगायतको विषयमा आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ४ : ५३ बजे

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

काभ्रे । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ

३१ वर्षपछि कुलेखानी ड्याम भरियो

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान

नारायणगढ-मुग्लिन सडकको ९ किलोमा सडक भाँसियो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको

डेङ्गी नियन्त्रणको नीति बनाउन कार्यदल गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेङ्गी रोकथाम

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय