४ मंसिर २०८१, मंगलबार | November 19, 2024

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा गुणस्तरका लागि समीक्षा : मौजुदा संरचना र जनशक्तिले गुणस्तरिय सेवा असम्भव



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल हो । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।

आर्थिक वर्ष २०७९/०८० मा अस्पतालमा उपचारका लागि बहिरङ्ग विभागमा स्वास्थ्य परीक्षण गरेका बिरामीको सङ्ख्या तीन लाख दुई हजार छ सय ९६ रहेको अस्पतालको तथ्याङ्क शाखाले जनाएको छ । यसबाहेक अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्योपचारका लागि आएका बिरामी सङ्ख्या ६७ हजार पाँच सय ६१ रहेको तथ्याङ्क छ ।

यस्तै आव २०७९/०८० मा लुम्बिनी प्रादेशिक अस्पतालमा भएका विभिन्न रोगका शल्यक्रिया नौ हजार छ सय ३२ रहेको छ । प्रादेशिक अस्पतालले यसरी सीमित साधन स्रोतमा पनि सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ ।

अस्पतालामा हाल अन्तरङ्ग विभाग (इन्डोर) मा बिरामी भर्ना गरेर उपचार गर्न पाँच सय सात शय्या मात्र उपलब्ध छ । विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पताल भए पनि सामान्य रोगका समेत बिरामी उपचारका लागि आउने गरेकाले बिरामीको चाप अत्यधिक रहने गरेको छ । मौसमी रोग फैलिएको अवस्थामा त हरेक दिन एउटै शय्या तीन÷चार जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापा बताउँछन् । यसैले पनि हाल अस्पतालमा उपलब्ध शय्या सङ्ख्या अस्पतालको सेवा प्रदान गर्न पर्याप्त नभएको उनी बताउँछन् ।

यस्तै अस्पतालमा पर्याप्त जनशक्ति नहुँदा पनि बिरामीलाई सहज सेवा प्रदान गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ बताउँछन् । अस्पतालमा हाल जम्मा सात सय ८५ कर्मचारी सेवारत रहेको अस्पतालको सेवा थप प्रभावकारी बनाउन र बिरामीलाई सहज उपचारको व्यवस्थाका लागि हाल कायम रहेको जनशक्ति पर्याप्त नभएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार अस्पतालका लागि न्यूनतम एक हजार पाँच सय जनशक्ति आवश्यक छ ।

अस्पतालबाट आव २०७९/८० मा सञ्चालित स्वास्थ्य सेवाको अवस्था र स्वास्थ्य सेवाको गुणस्तर सम्बन्धमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रादेशिक अस्पतालले बनाउने अस्पताल सञ्चालन कार्य निर्देशिकाले सेवाग्राही बिरामीको मौलिक हक अधिकारलाई अझै स्पष्ट र गर्दै सेवा प्रदान गर्ने नर्सिङ, प्यारामेडिक्स, चिकित्सक र प्रशासन सवैलाई अझ बढी जिम्मेवार र जवाफदेही बनाउने अपेक्षा गरिएको छ ।

समीक्षा कार्यक्रममा विकास समितिका अध्यक्ष श्रेष्ठले अस्पतालको तथ्याङ्क शाखा, सूचना प्रविधि विभाग र सम्बन्धित स्वास्थ्य विभाग प्रमुखको समन्वय गरेर मात्र भरपर्दो सूचकाङ्कको आधारशीला निर्माण गर्नुपर्ने कुरा औँल्याए । उनले अस्पतालको मूल उद्देश्यनै सेवाग्राही बिरामीलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा बिरामीले प्राप्त गरुन् भन्ने रहेकाले सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले आम जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दा कार्ययोजना बनाएर काम गर्न सुझाव दिए । उनले सेवा प्रवाहमा कसले, कसरी, कहिले र के गर्ने भनेर समयसीमा र जिम्मेवारी तोकेर काम गर्नुपर्ने खाचो औँल्याए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा थापाले अस्पतालको तथ्याङ्क पहिलेको तुलनामा धेरै परिष्कृत र भरपर्दो हुँदै आएको दाबी गरे । उनले तथ्याङ्कलाई थप व्यवस्थित र परिमार्जन गर्न अस्पतालका चिकित्सक कर्मचारीले बिरामीको ‘डाइग्नोसिस’ विवरण अनिवार्य भरेर तथ्याङ्क शाखालाई सघाउन अनुरोध गरे ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ५२ बजे

विस्तृत शान्ति सम्झौताको १८ वर्ष : ‘पीडित अझै न्याय पाउने आशमा’

काठमाडौं । नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता

नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक,

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत

विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

काठमाडौँ । जर्मनीले नेपाललाई एक करोड युरो (करिब रु एक

विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रिया शीघ्र टुङ्ग्याउन मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विश्वसनीय आयोग गठन गरी