२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सुनसरीमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान



इटहरी । बिहीबार राति सुनसरीको देवानगञ्जमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको छ ।

सुनसरी प्रहरीले नियमित रुपमा सञ्चालन गर्दै आएको सर्च अप्रेसन अन्तर्गत गस्तीमा रहेको प्रहरी टोली र आपराधिक समूहबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, राति १० बजे देवानगञ्ज–३ मा ४–५ जनाको संख्यामा रहेका युवालाई सर्च गर्दा दुबै पक्षबीच गोली हानाहान भएको थियो ।

सो क्रममा हतियार खोसाखोस गर्ने क्रममा एक थान पेस्तोल, केही राउण्ड गोली र २ थान म्यागेजिन समेत बरामद भएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले घटनाको पुष्टि गर्दै दुईजना पक्राउ परेको समेत जानकारी दिए । दुबैतर्फको फाइरिङ हुँदा करिब १०–१२ राउण्ड गोली चलेको प्रहरीको भनाइ छ ।

दोहोरो फाइरिङ हुँदा दुई जनालाई गोली लागेको छ । गोली लाग्नेमा पिन्टु र राजेश भन्ने ब्यक्ति छन् । उनीहरु दुबैलाई खुट्टामा गोली लागेको छ । उनीहरु घाइते भएका कारण प्रहरीले आफ्नो नियन्त्रणमा लिन सकेको हो । बाँकी अन्य भने दशगजा क्षेत्र हुँदै फरार भएको एसपी थापाले बताए ।

‘उनीहरु भारतीय मूलका जस्ता ब्यक्तिहरु थिए । फरारको पनि खोजी कार्य भैरहेको छ’ एसपी थापाले भने, ‘उनीहरुलाई पनि गोली लागेको हुनसक्छ । स्थानीय अस्पतालहरुमा हामीले निगरानी बढाएका छौ ।’

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ४० बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको