२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

प्रधानमन्त्री प्रचण्ड आज ल्हासा जाँदै



चोङछिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै जाँदैछन् । ।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज बिहान चीनको चोङछिङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा प्रचण्ड ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डआज ल्हासामा नै बस्ने कार्यक्रम छ । उनका साथमा भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन्।

यसअघि प्रधानमन्त्री प्रचण्ड हिजो बेइजिङबाट चोङछिङ सहर आइपुग्नुभएको थियो । यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा यस चोङछिङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ३० बजे

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत

महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन्

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको

बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले

काठमाडौं । सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी

ज्ञानेन्द्र शाहीको बिष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस् !

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा