२८ मंसिर २०८२, आइतबार | December 14, 2025

संसदको दिगो विकास तथा सुशासन समितिले पेश गर्‍यो बार्षिक प्रतिवेदन



काठमाडौं । संसदको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बार्षिक प्रतिवेदन समितिमा पेश गरेको छ ।

समितिले बुधवार बसेको बैठकमा बर्षभरी गरेका कामको प्रगति विवरण तयार पारी ड्राफट प्रतिवेदन पेश गरेको हो । बार्षिक प्रतिवेदनलाई अन्तिम रुप दिन डा विमला राइको नेतृत्वमा उपसमिति गठन गरेको छ । उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिइ  मूल समितिमा पेश गर्नेछ ।

समितिले पेश गरेके प्रतिवेदनमा समितिले संचालन गरेको निर्देशनात्मक, नीतिगत सुधारात्मक, अन्तरक्रियात्मक र अगुगमनात्मक तथा समन्वायत्मक लगायतका कार्यमा उपलब्धीहरु हासिल गरेको जनाएको छ ।

समितिले दिगो विकास प्रबर्धनमा सहयोग लगायतका उपलब्त्रीहरु हासिल भएको प्रष्ट पारेको छ । यस्तै प्रदेशहरुबीच संजाल स्थापना, दिगो विकाश लक्ष्य कार्यान्वयनमा संसदहरुको भुमिकामा बढोत्तरी, बजेट अनुगमन र पैरवीमा सकारात्मक प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ ।

साथै समितिले दिगोे विकास श्रोत केन्द्रको स्थापना, भौतिक विकास सम्बन्धमा अन्तरक्रिया, निर्देशन र अनुगमन, राष्ट्रिय गौरव एवं महत्वका आयोजनाको अनुगमन गरी कार्यान्वयन अवस्था, प्रगति र चूनौतिको सम्बन्धमा अध्ययन गरी आवश्यक ठहर भएको विषयमा निर्देशन दिने काम समेत गरेको छ ।

समितिले प्रस्तुत गरेको प्रतिवेदनमा  सुशासन प्रवर्धन अन्तर्गत विधिको शासन, भ्रष्टचार न्यूनिकरण, सहभागितामुलक व्यवस्थापन, स्वतन्त्र प्रेस, नागरिक सार्वोच्चता , सामाजिक न्याय समावेशिकरण पारदर्शिता लगायतका सुसासन प्रर्वधनका विषयमा उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ०६ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई