३ आश्विन २०८१, बिहिबार | September 19, 2024

समाजवादी मोर्चाले आज बुटवलमा सन्देशसभा गर्दै, प्रधानमन्त्री प्रचण्डसहित मोर्चाका प्रमुख नेताहरु सहभागी हुँदै



बुटवल । समाजवादी मोर्चा नेपालले आज बुटवलमा सन्देशसभा गर्दैछ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा समाजवादी मोर्चा नेपालमा आवद्ध रहेका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले जानकारी दिए ।

सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर साहले सम्बोधन गर्ने कार्यक्रम छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा रहेकाले राजकिशोरले सम्बोधन गर्न लागेका हुन् । आजको सभाको व्यवस्थापन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गर्ने साहले जानकारी दिए ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे बुटवल पुग्ने कार्यक्रम रहेको छ । अरू नेताहरू भने बिहान १० बजे पुग्ने साहले बताए ।

समाजवादी मोर्चाको यो दोस्रो सन्देशसभा हो । सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा सभा गरिसकेको छ ।

१३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने कार्यक्रम मोर्चाको बैठकबाट निर्णय भइसकेको छ ।

सरकारमा सहभागी तीन दल र संसदमै नभएको विप्लव नेतृत्वको पार्टीबीच समाजवादी मोर्चा बनेको हो ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ८ : ४४ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको