३१ भदौ २०८१, सोमबार | September 17, 2024

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसङ्घको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसङ्घले विदेशस्थित नेपाली राजदूतावासमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले आज परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्दै वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न तथा पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यावसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए। यसका लागि नेपाली दूतावासहरुले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजीकरण गर्नुपर्ने परिसङ्घको भनाइ छ ।

भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेलवे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल–भारतबीच ‘मोटर भेहिकल एग्रीमेन्ट’ गरी नेपाली मालवाहक एवं अन्य सवारी साधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा परिसङ्घले जोड दिएको छ ।

छलफलका क्रममा परराष्ट्रमन्त्री साउदले परिसङ्घले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताए । मुलुकमा व्यावसायिक वातावरण बनाउने र स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कूटनीतिक पहल गर्ने विषयमा मन्त्रालय सधैँ तयार रहने उनको भनाइ छ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ८ : २१ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित