२५ चैत्र २०८१, सोमबार | April 7, 2025

सलह भगाउन टिन र थाल ठटाउँदै



प्यूठान । प्यूठानका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबारदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् ।

किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् ।

लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताए । उनकाअनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पु¥याइरहेको छ । “बालीभरि ढाक्ने गरी सलह बसेको छ”, कृषक बस्नेतले भने, “हाम्रो केही उपाय लागेन ।”

प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोन) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले जानकारी दिए । ।

आइतबार सरुमारानी गाउँपालिका–१ बाङ्गेशालमा देखिएको सलह सोमबार प्युठानका गाउँगाउँमा प्रवेश गरेको थियो । सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको अधिकृत खनालको भनाइ छ ।

कोरोनाको तनावका बीच भित्रिएको सलहले हुर्कँदै गरेको कोदो र मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने भएपछि किसान चिन्तामा परेका छन् । क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ०८ बजे

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा

‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ : सांसद आचार्य

काठमाडौं । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु