३ मंसिर २०८१, सोमबार | November 18, 2024

बारा बस दुर्घटना अपडेट : थप एकजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ७ पुग्यो



बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ ।

तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेका डिएसपी न्यौपानेले बताए । बाँकी चार जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन् । उनीहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ९ : ०५ बजे

बिहारमा २.५० करोडको भैसी विक्रिमा, जो बियर खान नपाएर भइरहेछ सुस्त

पटना । बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

ठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

बागलुङमा ३२५ जे नेपालको दोस्रो बोर्ड बैठक सम्पन्न

बागलुङ । लियो जिल्ला परिषद् ३२५ जे नेपालको दोस्रो बोर्ड

पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ