२ माघ २०८१, बुधबार | January 15, 2025

तिलोत्तमा नगरपालिकाको वार्षिक समिक्षा सम्पन्न, समग्रमा कार्यसम्पन्न उत्कृष्ट



तिलोत्तमा । तिलोत्तमा नगरपालिका, रुपन्देहीले आर्थिक बर्ष ०७९/०८० को नीति,योजना तथा कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

नगरले तिलोत्तमाको आफ्नै सभाहलमा आयोजना गरेको समिक्षा कार्यक्रममा नगर कार्यपालिकाका सदस्य, बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरू, वडा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरिएको थियो ।

सो समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाको समग्र विकासका लागि कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढ्नुपर्ने बताए । उनले एक साइकलका दुई पाङ्ग्रा बनेका कर्मचारी र जनप्रतिनिधिले जनताको सेवकको रुपमा छिटो छरितो, विश्वसनीय तरिकाले समयमै कार्य सम्पादन गरेमा मात्र जनप्रतिनिधीको चाहना र देशको समृद्धिको खुड्किलो पुराहुने कुरा बताए । सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले कर्मचारीले कुनै पनि बिलम्ब नगरी जनताको सेवामा कुनै कसर बाँकी नराखी छिटो छरितो र स्तरिय सेवा दिन र हरेक योजना र विकास निर्माणका कार्य सम्पादन समयमै गर्नु पर्ने जिकिर गरिन । उनले जनप्रतिनिधी एक्लै र कर्मचारी एक्लैले मात्र चाहेर कुनै पनि काम अगाडी नबढ्ने हुँदा सबैको सल्लाह सुझाव र अग्रसरतामा निश्चित समयमै कार्य सम्पादन गर्नुपर्ने बताइन ।

सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरको समृद्धिका लागी सबैको सहयोग अपरिहार्य रहेको बताए । उनले नगरका हरेक गतिविधिलाई बिकाससंग जोड्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडी बढ्नुपर्ने बताए । जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायतको प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यालयको समग्र आय व्यय र योजना तथा विकाश निर्माण र सेवा प्रबाहको अवस्थाबारे विश्लेषण गरेका थिए । नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत माधव प्रसाद पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ७ : ५० बजे

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको

संसदको नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । संघीय संसदमा रहेका प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । संघीय संसदमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

लमजुङमा बढ्यो धान उत्पादन

लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल

सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुर । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न