३ आश्विन २०८१, बिहिबार | September 20, 2024

राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ । बैठक सोमबार बिहान ८ बजे, राष्ट्रपति भवन शीतलनिवासमा बस्न लागेको हो ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका हुन् ।

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सोमबार बिहान साढे ८ बजे शीतल निवास बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ । यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका थिए ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ७ : २९ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day