२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध, कतै खुले, कतै खुल्दै



काठमाडौं । नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् ।

अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ ।

अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक अवरुद्ध रहेका छन् । यीमध्ये अधिकांश सडक गत बिहीबारदेखि परेको नियमित वर्षाका कारण अवरुद्ध बनेका थिए । अरनिको राजमार्गमा लामोसाँघु बाह्रबिसे सडकमा करिब १०० मिटर सडक पूरै सुनकोशी खोलाले बगाएको छ । सो सडक खुल्न कम्तीमा १० दिन लाग्नसक्ने अनुमान गरिएको छ ।

त्यस्तै खग्दोलस्थित १८० मिटर सडक भोटेकोशी खोलाले बगाएको छ । खग्दोल पुलमा माथिबाट आएको पहिराका कारण अवरुद्ध भएको छ । बिहीबार बिहान अवरुद्ध सडक र पुल खुल्न अझै कति दिन लाग्छ भनी यकिन गरिएको छैन । डिभिजन सडक कार्यालय चरिकोटले सो सडकको निरीक्षण गर्न नसकिएको जनाएको छ ।

सोही राजमार्गमा जम्बुस्थित ६० मिटर सडक वर्षाले बगाएको छ भने झ्यालेमा पुल बगाएको छ । चाकुमा १८० मिटर सडक पहिराका कारण अवरुद्ध भएको र डाक्लाङ्गस्थित सडक पहिराका कारण अवरुद्ध रहेको विभागले जानकारी दिएको छ ।

बेनी जोमसोम कोरोला सडकमा म्याग्दीको दाना र गलेश्वर सडक पनि वर्षाका कारण अवरुद्ध भएको छ । सो सडकमा माथिबाट आएको पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको थियो ।

साँफेबगर–मार्तडी सडकको अम्कोट द्वारी खण्डमा बूढीगङ्गा नदीको बहाव बढ्दा पाँच सय मिटर सडक क्षतिग्रस्त बनेको थियो । अछामको साँफेबगर–मार्तडी सडक बिहीबारदेखि बूढीगङ्गा नदीको बहावका कारण ५०० मिटर सडकमा क्षति पुगेको थियो ।

बिहीबारदेखि अवरुद्ध सडक खुलाउन नसकिएको विभागले जनाएको छ । विभिन्न स्थानका सडक आंशिकरुपमा सञ्चालनमा आएका छन् । महेन्द्र राजमार्गस्थित बाँके भन्सार सडकखण्डमा चपुरदेखि तीन किमी पूर्वजुडवेला कजवेमा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि अवरुद्ध सडक आज आंशिकरुपमा खुलाइएको छ ।

सो सडक पूर्णरुपमा खुलाउन कति दिन लाग्छ भनी वर्षामा निर्भर रहने पनि विभागले जनाएको छ । बिपी राजमार्गको नै कमेरेफाँटमा सडक पहिराका कारण अवरुद्ध छ । सो सडकमा रहेको केही पहिरो हटाएर आंशिकरुपमा सञ्चालनमा ल्याइएको छ भने व्याकहोल्डर र टिपरले पहिरो हटाउने काम भइरहेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ३० बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको