२८ मंसिर २०८२, आइतबार | December 14, 2025

मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज बुधबार साउन ३१ गते अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार साउन ३० गते साँझ ५ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिइ सकेका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो ।

हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ८ : १४ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको