११ पुस २०८१, बिहिबार | December 26, 2024

तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’



वासिङटन डिसी । सन् २०२० को चुनावमा आफ्नो हार लुकाउनका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध षड्यन्त्र रचेको सम्बन्धमा वाशिंगटन डिसीको अदालतमा सुनुवाइ भएको छ ।

यस क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दो भएको दावी गरेका छन् । सो सुनुवाइका क्रममा ट्रम्पले अदालतमा निकै कम स्वरमा आफ्नो निर्दोषताको गुनासो गरेका थिए ।

पछिल्लो चार महिनामा यो तेस्रो पटक हो, जब अमेरिकी पूर्व राष्ट्रपतिले अपराधीको रूपमा अदालतमा हाजिर हुनु परेको हो । ट्रम्पलाई अदालतको पछाडिको ढोकाबाट भित्र ल्याइएको थियो । ट्रम्प बाहेक झण्डै एक हजार अपराधी अदालतमा हाजिर भएका थिए, जसलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा प्रवेश गरी त्यहाँ दंगा गरेको आरोप लगाइएको थियो ।

सन् २०२१ मा चुनाव हारेपछि ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले अमेरिकी संसदमा हमला गरेका थिए । अमेरिकी कंग्रेसको पनि तोडफोड गरेका थिए ।

सो सुनुवाइका क्रममा ट्रम्पको शारीरिक भाषा शान्त देखियो । सामान्यतया आक्रामक मुद्रामा बस्ने ट्रम्प अदालतमा शिर निहुराएर बसिरहेका थिए । जब क्लर्कले ट्रम्पको केस नम्बर पढे, उसले सहमतिमा टाउको निहुरियो । पूर्वराष्ट्रपतिले चार आरोपमा आफूलाई निर्दोष घोषणा गरेका थिए । उनीमाथि ‘संयुक्त राज्य अमेरिकालाई धोका दिएर षड्यन्त्र गरेको’, सरकारी कार्यमा अवरोध गर्ने षड्यन्त्र, सरकारी कार्यमा अवरोध गर्ने र जनताको अधिकार विरुद्धको षड्यन्त्र गरेको आरोप लगाइएको छ ।

वास्तवमा, जनवरी ६, २०२१ अमेरिकाको इतिहासमा कालो दिनको रूपमा रेकर्ड गरिएको छ । यस दिन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी संसद अर्थात् युएस क्यापिटलमा आक्रमण गरेका थिए । अमेरिकी कंग्रेसले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा विजयी भएका जो बाइडेनलाई निर्वाचन परिणामका लागि प्रमाणीकरण गरिरहेको थियो, ताकि राष्ट्रपति बन्ने बाटो खुलोस् । यसलाई रोक्न ट्रम्प समर्थकहरूले संसदमा आक्रमण गरेका थिए । ट्रम्पमाथि चुनावी पराजयलाई आफ्ना समर्थकहरूमार्फत उल्टाउन चाहेको आरोप लागेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ३६ बजे

यु-१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण सुरु

भरतपुर । महिला यु-१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण

जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

एमाले सचिवालय : संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति