२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सदस्यता नविकरणको जिम्मा केन्द्रीय सदस्यहरुले लिएपछि एमाले बाँकेको तालाबन्दी खुल्यो



नेपालगन्ज । एमाले बाँकेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरुले लगाएको ताला बाँकेबाट एमाले केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको रोहबरमा खुलाइएको छ । पार्टी जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिले पुर्वाग्रहपूर्णरुपमा सदस्यता नविकरण नगरिदिएको भन्दै बैजनाथ गाँउ कमिटीको अगुवाईमा लगाइएको ताला नेपालगन्जमा उपलब्ध केन्द्रीय सदस्यहरुले नविकरण गरिदिने ग्यारेन्टी गरेपछि खुलाइएको हो ।

बाँकेबाट एमाले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने सुर्य ढकाल, दीपा शर्मा, मोहम्मद हारुन, शान्ति ढकाल र पशुपतिदयाल मिश्रले सदस्यता नविकरण हुन बाँकी सदस्यहरुको सदस्यता नविकरण गरिदिने प्रतिबद्धता ब्यक्त गरेपछि तालाबन्दी खोलिएको बताइएको छ । अध्यक्ष कक्षपतिले नविकरण नगरिदिएका सदस्यहरुको रिटपूर्वक आएको नविकरणको फारमलाई जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य सुर्य ढकालले हस्ताक्षर गरेर प्रदेश र केन्द्रमा पठाउने सहमति भएपछि ताला खोलिएको हो । बिहिबार ३ बजे भित्र आएका सम्पूर्ण विवरणहरुलाई केलाएर रिटपूर्वक आएका नविकरणका फारमहरुलाई नविकरण गरिदिने सहमति भएको बाँके इन्चार्ज तथा केन्द्रीय सदस्य सुर्य ढकालले बताए ।

आज पनि सहमतिका लागि जिल्ला ईन्चार्ज ढकाल र अर्का केन्द्रीय सदस्य दीपा शर्माले बोलाउँदा पनि जिल्ला अध्यक्ष कक्षपति पार्टी कार्यालय उपस्थित नभएको ढकालले बताए । उनले सदस्यता जस्तो संवेदशील विषयमा गम्भीर नहुनुलाई आफुले गम्भीरताकासाथ लिएको बताउँदै चित्तबुझ्दो कारण नआए एक्सनमा जानु पर्ने अवस्था आउन सक्ने बताए । ‘बैठक बोलाईएको छ, उहाँले (जिल्ला अध्यक्ष) चित्तबुझ्दो जवाफ नदिए एक्सनमा जानुपर्छ ।’ उनले भने । ढकालले यो मुद्दा महासचिवसम्म पुगेकाले माथिबाटै कारवाही हुन सक्ने पनि संकेत गरे ।

अध्यक्ष कक्षपतीले पार्टी सदस्यता नविकरणमा स्वेच्छाचारी बनेको भन्दै कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा मंगलबार मध्यान्ह तालाबन्दी गरिदिएका थिए ।

जिल्ला कार्यालयमा नविकरणका लागि विवरणसहित फायल पठाइएको भएपनि नविकरण नगरिदिएपछि तालाबन्दी गरिएको एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य घननाथ खनालले बताए । बैजनाथ गाउँपालिका कमिटीका तर्फबाट एकहजार १४ जनाको पार्टी सदस्यता पार्टीको बिधान अनुसार नविकरण गर्न जिल्ला पार्टी कार्यालयमा सम्पूर्ण विवरण सहित बुझाउँदा समेत पार्टी सदस्यता नविकरण गर्न पार्टी नेतृत्वले बेवास्ता गरेकाले तालाबन्दी गर्नु परेको खनालले बताएका थिए । ‘पार्टी सदस्यता जस्तो महत्वपूर्ण विषयमा पार्टी अध्यक्ष कक्षपतीले बेवास्ता गर्ने, फोन समेत नउठाउने र बैठक नबसाल्ने भएपछि ताला लगाउन बाध्य भयौं ।’ खनालले भने ।

अर्का प्रदेश कमिटी सदस्य मानबहादुर रुचालले पार्टी केन्द्रले जिल्ला कमिटीबाट साउन १० गते सम्म सदस्यता नविकरण गरिसक्नु पर्ने निर्देशिका जारी भएपनि १५ गतेका दिन अध्यक्ष पार्टी कार्यालयमै उपस्थित नभएपछि १ हजार बढी सदस्यहरुको सदस्यता अन्यौलमा परेको बताएका थिए ।

कमिटीका अध्यक्ष इन्द्रबहादुर थापाको अगुवाईमा भएको तालाबन्दीमा प्रदेश कमिटीका सदस्यहरु घननाथ खनाल, मानबहादुर रुचाल, नन्द बिश्वकर्मा लगायतका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

पालिका कमिटीले पार्टी सदस्यता नविकरण गर्न पाउने अधिकारमाथि पार्टी जिल्ला अध्यक्ष कक्षपतिले बञ्चित गरेको स्थानीय नेताहरुको आरोप छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : २६ बजे

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी