२६ पुस २०८१, शुक्रबार | January 10, 2025

गोर्खाबाटै बाबुरामका नेता कार्यकर्ताले छोडे नेसपा



गोरखा। गृह जिल्लामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका १४ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

उनीहरुका अनुसार अन्य पार्टी भन्दा नेसपा अलग र भिन्न नहुने देखिएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्ने समुहले लगाएको आरोप अनुसार पुरानो प्रवृत्तिबाट जगडिएको नेतृत्व हाबी हुन थालेको तथा वैकल्पिक शक्ति निर्माण यात्रा उही पुरानो बाटोतिर फर्किएको अनुभूति भएकाले पार्टी परित्याग गर्नु परेको हो ।

‘पार्टी विधि विधानअनुसार संचालन नगरी आफू अनुकूल नेतृत्व परिवर्तन र पद बाँडफाँडको कारण विगत लामो समयदेखि कार्यकर्ताको गुनासा समस्या समाधानमा पार्टी भूमिकाविहीन अवस्थामा रहन पुग्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ शक्ति निर्माण अभियानदेखि हाल नेसपासम्म निरन्तर लागिरहेका थियौं, मूल नेतृत्वको विचार सही हुँदाहुँदै पनि पटक पटक पार्टी एकताको रुपमा या अन्य कारणले पार्टीको नाम, चुनाव चिह्न परिवर्तन हुनु र भिन्न दलसँग गठवन्धन गर्नुले दीर्घकालीनरुपमा जनताले नेतृत्वप्रति नै आशंका र अविश्वास उब्जनु स्वाभाविक नै थियो ।’

यसरी पार्टी परित्याग गर्नेमा गण्डकी प्रदेश सदस्य तथा गोरखा नगर अध्यक्ष ज्योति कोइराला, गण्डकी प्रदेश सदस्य रविन आचार्य, नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष सुजन गर्तौला, पार्टीका जिल्ला सदस्य मिलन न्यौपाने, जिल्ला सल्लाहकार सदस्य रामहरि खनाललगायत रहेका छन् ।

 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : ५२ बजे

आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो बाल्दा वा हिटर

एमाले-कांग्रेसबीचको अप्राकृतिक गठबन्धन अब चल्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले-कांग्रेस

प्रचण्ड र माधव नेपालबीचको भेटमा राजेन्द्र लिङ्देनको प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत

विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल

काठमाडौं । नेपालले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका

समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छः मुख्यमन्त्री आचार्य

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुल्मी जिल्लाका सामाजिक