११ माघ २०८१, शुक्रबार | January 24, 2025

गुल्मीका १४ आरन व्यवसायीले पाए औजार



गुल्मी । गुल्मीको मालिका गाउँपालिका घमिर वडा नं ७ घमिरका ब्याबसायिहरुले आरनका औजार पाएका छन् ।

शुक्रबार घमिरमा एक कार्यक्रमका साथ १४ जना आरन व्यवसायीहरुलाई आरन औजार वितरण गरिएको घमिर वडा कार्यालयले जानाकारी दिएको छ ।

औजार वितरण गर्दै मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँ घरमा गर्दै आएको आरन ब्याबसाय पछिल्लो समयमा निर्बाहमुखी भएको यसलाई अझ ब्याबस्थित गरि ब्याबसायिक बनाउनु पर्ने बताए ।

आरन सन्चाल व्यवसायीलाई व्यवस्थित गराउनको लागि तालिम आवश्यक रहेकाले तालिमको ब्याबस्था मिलाउनको लागि वडा कार्यालयलाई पहल गर्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।

वडाबाट वितरण गरिएको औजारको सही सदुपयोग गरी संचालन गर्ने सकेमा सफल आरन व्यवसायी बन्न सक्ने वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताए । आरन ब्याबस्थापनको क्रममा व्यवसायीहरुलाई समस्या परे वडा कार्यालयले तुरुन्तै समधान गर्ने अध्यक्ष पन्थीले बताएका छन् ।

औजार वितरण कार्यक्रममा समाजसेवी चन्द्रमणि लम्साल ,ज्ञानराज पन्थी, गुणानिधि लम्साल, यम बहादुर वि।क, शेषकान्त लम्साल, डिल्लीराज उपाध्याय लगाएतको उपस्थिति रहेको थियो । आरन व्यवस्थापन तथा औजार वितरण कार्यक्रमको लागि वडा कार्यालयबाट ५ लाख बिनियोजन गरिएको थियो ।

औजार पाउँदा आरन व्यवसायी खुशी
वडाले कार्यक्रमको आयोजना गरि आरन औजर वितरणले व्यवसायीमा खुशी छाएको छ । पछिल्लो समयमा हराउँदै गएको आरन व्यवसायलाई व्यवस्थित गर्नेका लागि वडाले आरनका औजार वितरण गरेको भन्दै ब्याबसायिहरुले वडा तथा गाउँपालिकालाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : १८ बजे

कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३

अर्थतन्त्र चलायमान बनाउन सरकारी र नीजि क्षेत्रले भैरहवामा संयुक्त छलफल गर्ने

बुटवल । अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर भैरहवामा प्रदेशस्तरको गोष्ठी

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको

रुपन्देही अदालतमा रवि लामिछाने माथिको छुनछेक बहस सुरू

बुटवल। पूर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछाने माथिको छुनछेक बहस आजका

सिद्धबाबा सुरुङ ‘ब्रेकथ्रु’ र बुटवल-गोरुसिङ्गे सडक शिलन्यासमा प्रधानमन्त्री अनुपस्थित हुने

काठमाडौं । सिद्धबाबा सुरुङको ब्रेक थ्रु र बुटवल गोरुसिङ्गे सडकको