४ बैशाख २०८२, बिहिबार | April 17, 2025

कर्णाली प्रदेश सरकारलाई ग्लोबल आईएमईको १० लाख सहयोग, कोरोना रोकथाममा सहयोगी हुने विश्वास



सुर्खेत । ग्लोबल आइएमई बैंकलेकोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।

बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदनकुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसअवसरमा मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड –१९)विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।

बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाईनै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १ : ४३ बजे

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई

रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । इस्पेनिस टोली रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक