२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बङ्गलादेशमा डेङ्गुबाट एक सय पचपन्न जनाको मृत्यु



ढाका । बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेङ्गु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्याङ्कअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट सङ्क्रमित भएपछि देशभर डेङ्गुका १९ हजार पाँच सय ६९ सङ्क्रमित थपिएका छन् ।

महानिर्देशनालयका अनुसार बिहीबार बिहान एकै दिन राजधानी ढाकामा आठ सय ४५ सहित कुल एक हजार सात सय ५५ नयाँ बिरामी थपिएका छन् । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म बिरामीको कुल सङ्ख्या २७ हजार पाँच सय ४७ पुगेको छ ।

महानिर्देशनालयले सर्वसाधारणलाई झुलभित्र सुत्नेलगायत आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै लामखुट्टेको प्रजननस्थल पहिचान एवम् नष्ट गर्ने ‘एन्टी लार्भा’ अभियान सञ्चालन गरिएको बताएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ४ : ०७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%