१२ मंसिर २०८१, बुधबार | November 27, 2024

राजनीतिक दलको छाँयामा नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि हुने निर्वाचनले नेपालगन्जमा राजनीतिक महोल तातिएको छ । उद्योगी व्यवसायीको निर्वाचन भएपनि उम्मेदवार चयन गर्ने बागडोर दलहरुले आफ्नो नियन्त्रणमा राखेपछि उद्योग बाणिज्य संघको निर्वाचनमा राजनीतिक महोल तातेको हो ।

नेतृत्व चयनका लागि गरिने निर्वाचन साउन २० गतेका लागि निश्चित भएपछि सत्तासिन काँग्रेस–माओवादीका उम्मेदवार बीच आमने सामने प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । सबैभन्दा पहिले अध्यक्षको उम्मेदवार घोषणा गरेर सडकमा उत्रिएको प्रमुख विपक्षी एमालेका उम्मेदवारले ‘आत्मसमर्पण’ गरेपछि सत्तासिन कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने भएको हो । एमालेले १ महिना पहिले नै उद्योगी संजय अग्रवाललाई अध्यक्षको उम्मेदवार भन्दै घरदैलो अभियान सुरु गरेको थियो ।

निर्वाचन उद्योग बाणिज्यसंघको हुने भएपनि नेपालगन्जमा राजनीतिक दलका पार्टी कार्यालयमा चुनावी चहलपहल सुरु भएको एक ब्यापारीले बताए । काँग्रेस सम्बद्ध व्यवसायीहरुको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट ललित रौनियारको नेतृत्वमा प्यानल प्रस्ताव गरेको छ भने माओवादीका टंकबहादुर धामीले समावेशी नाम दिएर अर्को प्यानलको नेतृत्व गर्दै टिम बनाउने कसरत सुरु गरेका छन् ।

एमालेले अध्यक्षको उम्मेदवार बनाएका अग्रवालले ‘गोप्य’रुपमा कांग्रेस उम्मेदवार रौनीयारसँग सम्झौता गरेपछि एमाले उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्षको उम्मेदवार बिहिन अवस्थामा देखिएको छ । त्यस समुहका ब्यवसायीहरु विभाजित हुँदै केही धामी प्यानलमा त केही रौनीयार प्यानलमा खुल्न थालेका छन् ।

निर्वाचनमा गठबन्धन बनाउने विषयमा अझै टुंगो नलागेको एमाले निकट नेपाल उद्योग तथा ब्यवसायी महासंघ बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए । संजय अग्रवाललाई अध्यक्षमा उम्मेदवार घोषणा गरिएपनि चुनावी रणनीति अनुसार फिर्ता गरिएको श्रेष्ठले बताए । ‘चुनाव जित्नकै लागी लड्ने हो, त्यसैका लागि उहाँलाई अहिलेलाई फिर्ता गरिएको हो,’ उनले भने, ‘चित्तबुझ्दो समिकरण नबने छुट्टै प्यानल सहित पनि जान सकिन्छ ।’

नेपालगन्जको ब्यवसायीक चुनावमा राप्रपा र जसपाको पनि राम्रो पकड रहेकाले अहिले कांग्रेस र माओवादीका उम्मेदवारहरु राप्रपा र जसपाको समर्थन आफुतिर पार्ने कसरतमा लागेका छन् । राप्रपा भित्र माओवादी टिम र कांग्रेस टिमलाई समर्थन गर्ने विषयमा फरक धारणा देखिएको छ भने जसपाको समर्थन माओवादी उम्मेदवार धामीले पाउने निश्चित जस्तै देखिएको छ । जसपाबाट अब्दुल वाहीद अन्सारी उम्मेदवार बन्ने पक्का जस्तै देखिएको छ । राप्रपाबाट उपाध्यक्षको दाबी सहित चर्ती बिन्दुको समुह माओवादी समुहसँग वार्तामा रहेको छ भने सलाउद्दीन जसगढ समुहले रौनियारसँगको सम्बादलाई अगाडी बढाएका छन् । माओवादी समुह चर्तीलाई उपाध्यक्ष दिएर समिकरण बनाउने पक्षमा भएपनि राप्रपाले सलाउद्दीनलाई अगाडि सारेपछि सहमति हुन नसकेको बताइएको छ ।

उता समावेशी नाम दिएर माओवादी नेता टंक धामीको नेतृत्वमा टिम बनाएर निस्केको टिमका अगुवा कोसराज रेग्मी आफ्नो टिमलाई राजनीतिक आवरण दिन अस्वीकर गर्छन् । उनले आस्था आफैमा सबैको सबैतिर भए पनि आफ्नो समुह वास्तवमै समावेशी भएको रेगमीको दाबी छ । आस्थाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा पनि आफ्नो टिममा रहेको जनाउँदै उनले चुनावी एजेण्डामा कसैको राजनीतिक आग्रह नरहेको बताए ।

बाणिज्यसंघको निर्वाचन अहिले सम्म नेपालगन्जमा कांग्रेस एक्लै चुनावी मैदानमा देखिएको छ । एमाले र राप्रपासंगको वार्ता असफल भएपनि कांग्रेसका रौनीयार आफ्नो नेतृत्वमा एकल टिम लिएर प्रतिस्पर्धा गर्ने अवस्थामा देखिएको हो । ‘खासै मतभार नदेखिएको राप्रपाले भाग ठुलो खोजेपछि कुरा मिलेन,’ कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार रौनीयारले भने, ‘एमालेलाई महत्वपूर्ण पदलहरु सहित समेटन प्रयास गरिएपनि उपमहासचिव अस्वीकार गरेपछि कुरा मिलेन ।’

रौनीयार प्रजातान्त्रीक उद्योग व्यापार संघका लुम्बिनी प्रदेशका सल्लाहकार हुन् । सो समुहले कांग्रेसबाट उपाध्यक्षमा विष्णु श्रेष्ठ, महासचिव शिब दाहाल, कोषध्यक्षमा मखन धामी तथा एमालेबाट सुरुमा प्रस्ताव गरिएका संजय अग्रवाललाई उद्योग तर्फको उपाध्यक्ष दिने तयारी भएको कांग्रेस स्रोतको दाबी छ । कांग्रेसबाट सदस्यहरुमा प्रमोद अग्रवाल, राजकुमार राठोर, पदम श्रेष्ठ, युवराज ढकाल लगायत उम्मेदवार बन्दैछन् ।

अग्रीम टिम फाइनल भएको दाबी गरेको समावेशी समूहले धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरन्जीवी ओली र वाणिज्यतर्फ राप्रपाबाट, महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टीका विजय भण्डारी (बासु) लाई अघि सार्ने भएको छ । समावेशीले कोषाध्यक्षमा जसपाका अब्दुल वाहीद अन्सारीलाई उम्मेदवार बनाउने भएको छ । सो समुहले महिला उपाध्यक्ष तर्फ माओवादीकी मन्दिरा पाण्डेलाई दिने भएको छ ।

एमाले ब्यवसायीले अध्यक्षमा उम्मेदवार नभेटिएपछि अन्य पदहरुमा हरि न्यौपाने, भीम रानाभाट, श्यामसुन्दर अधिकारी, सुवास जीसी, मिनबहादुर मगर लगायतलाई चर्चामा ल्याएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ११ : ३५ बजे

प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र

म्याग्दी । सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २७

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’

स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्दै द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न

काठमाडौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह

सदस्यता शुल्क नबुझाए पत्रकार महासंघको चुनावमा भाग लिन नपाइने

नेपालगन्ज । यही मंसिर २८ गते हुने भनिएको नेपाल पत्रकार