४ बैशाख २०८२, बिहिबार | April 17, 2025

कोरोना रोकथाम गर्न गण्डकी प्रदेश सरकारलाई ग्लोबल आईएमई बैंकको १० लाख सहयोग



पोखरा । कोरोना रोकथामका लागि विभिन्न प्रदेश सरकारलाई सहयोग गर्दै आएको ग्लोबल आईएमई बैंकले बिहीबार गण्डकी प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार पोखरामा एक कार्यक्रमकाबीच बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाख रकमको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसअवसरमा प्रदेशका मुख्यमन्त्री गुरुङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । आगामी दिनमा समेत यस्तो सहयोग लाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : १४ बजे

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण

देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई

रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । इस्पेनिस टोली रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ