४ बैशाख २०८२, बिहिबार | April 17, 2025

सिंहदरबारभित्र वाणिज्य बैंकको सेवाप्रवाह लोकप्रिय बन्दै



काठमाडौं । सरकारको केन्द्रीय सचिवालय सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंकले सुरु गरेको सेवा प्रवाह लोकप्रिय बनेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामार्फत हाल मन्त्रीहरु, सांसदहरु, सरकारी कर्मचारी लगायतको सरकारी बैंकिङ कारोबार हुने गरेको छ ।

बैंकले निःशुल्क मोवाइल बैंकिङ, एटीएम कार्ड, तलबी खातामा उच्चतम व्याजदर, इन्टरनेट बैंकिङ सुविधा, डिम्याट खाताको सुविधा प्रदान गरेको छ । यसैगरी, जिरो मौज्जादमा तलबी खाता खोल्न सकिने सुविधा पनि बैंकको सिंहदरबार शाखाले दिएको छ ।

यस्तै, १५ लाखसम्मको विना धितो कर्जाको सुविधा दिएर सरकारी कर्मचारीलाई राहत पुर्याएको छ । यस्तै, बैंकको मुद्दती खातामा ८ दशमलव ७५ प्रतिशतसम्मको व्याजदर प्राप्त गर्न सकिने सुविधा पनि रहेको बैंकका सिंहदरबार शाखा प्रमुख रोविन घिमिरेले बताए । बैंकको बेसरेट ६ दशमलव २५ प्रतिशत रहेको र वचत खातामा ५ दशमलव ५ प्रतिशत व्याजदरको सुविधा दिएको पनि घिमिरेले जानकारी दिए ।

सरकारको केन्द्रीय सचिवालयभित्र सरकारी बैंक चाहिने भन्दै सांसदहरु र कर्मचारीबाट माग भएपछि राष्ट्रिय वाणिज्य बैंकले सिंहदबारभित्र शाखा खोलेको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : १८ बजे

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण

देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई

रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । इस्पेनिस टोली रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ