काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.६३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२८ रुपैयाँ रहेको छ ।
हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ६५ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसामा काराेबार भएकाे थियाे ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.२५ रुपैयाँ कायम गरेकाे राषट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ८६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७९ पैसामा काराेबार गर्ने अनुमति दिएकाे थियाे ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा, दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसामा काराेबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.०० रुपैयाँ रहेको छ भने बिक्री दर २८.१३ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँमा काराेबार गर्न अनुमति दिएकाे छ ।
प्रतिक्रिया