१७ पुस २०८१, बुधबार | January 1, 2025

चितवन राष्ट्रिय निकुञ्जमा करिब तीन लाख पर्यटकले भ्रमण गरे



भरतपुर । चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्म करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्षको सुरुआतको महिना साउनदेखि जेठसम्म दुई लाख ८८ हजार तीन सय ५९ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन् ।

निकुञ्जमा स्वदेशी एक लाख ९८ हजार आठ सय २६ , सार्क देशका ३५ हजार आठ सय ८६ र अन्य देशका २९ हजार पाँच सय ७६ पर्यटक पुगेका छन् । सबैभन्दा धेरै पर्यटकले कात्तिक महिनामा भ्रमण गरेका छन् भने सबैभन्दा कमले भदौ महिनामा भ्रमण गरेका छन् । कात्तिक महिनामा ४२ हजार छ सय ४१ पर्यटकले भ्रमण गरेका छन् भने भदौ महिनामा आठ हजार आठ सय ८० जनाले भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा महिलाभन्दा पुरुष बढी छन् ।

निकुञ्जका अनुसार यस आर्थिक वर्षको ११ महिनामा निकुञ्जले पर्यटनबाट १७ करोड ३० लाख तीन हजार नौ सय रुपैयाँ राजस्व आम्दानी गरेको छ । सबैभन्दा धेरै पर्यटक आएको कात्तिक महिनामा दुई करोड ६३ लाख ५० हजार दुई सय ५० आम्दानी भएको छ भने सबैभन्दा कम पर्यटक आएको भदौ महिनामा ५१ लाख तीन हजार तीन सय रुपैयाँ आम्दानी भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले कोभिडपछि निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : ३० बजे

बुटवलको नगरसभा शुरु, ३ विधेयक र ३ संसोधन प्रस्ताव टेबुल

बुटवल । बुटवल उपमहानगरपालिकाको सोह्रौं नगर सभा शुरु भएको छ

प्रभु बैंकले सञ्चालनमा ल्यायो डिजिटल काउन्टर

काठमाडौं । प्रभु बैंकले विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित

नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै

बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्ग शिल्ड पुरुष भलिबल च्याम्पियनसीप सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको

नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग