२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बाँकेको खजुरामा औद्योगिक ग्राम बन्दै, लगानीकर्ताहरुको प्राथमिकता खजुरामा पर्नेे बिश्वास



नेपालगन्ज । सरकारले बिभिन्न जिल्लाहरुमा औद्योगिक ग्राम बनाउने कार्यक्रम अन्तर्गत बाँकेको खजुरा औद्योगिक ग्रामको सूचीमा परेसँगै खजुरा गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको कामलाई तिब्रता दिएको छ ।

आर्थिक वर्ष २०७६।७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेसँगै गाँउपालिकाले औदोगिक ग्रामको डिपिआर लगायतको काम अगाडी बढाएको थियो । । गाँउपालिकाले औद्योगिक ग्रामको डिपिआर तयार गरि सोमवार सरोकारवाला निकायबीच छलफल समेत गरेको छ ।

स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी संचालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरे अनुसार, बाँकेमा खजुरा गाउँपालिका सरकारको सुचीमा परेको हो ।

खजुरामा खजुरा गाउँपालिका–६ पुरनैनामा औद्योगिक ग्राम निर्माणका लागि जग्गा व्यवस्थापन गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । कक्षपतिले औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आर्कषित गर्ने बिश्वास गरे ।

नमुना गाउँपालिकामा रुपमा स्थापित हुँदै गएको खजुरामा साना ठुला लगानीकर्ता आकृषित गर्ने नीति बनाएर अगाडी बढेको कक्षपतिले बताए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १ : २७ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको