२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बंगलादेशी पर्यटकलाई निम्तो दिन होटल एसोसिएसनको टिम ढाका प्रस्थान



काठमाडौं। होटल एसोसिएसन अफ नेपाल (हान) को टोली बंगलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । बंगलादेशका पर्यटकलाई नेपालमा निम्तो बाँड्नको लागि होटल एसोसिएसन अफ नेपालको टोली ढाका प्रस्थान गरेको हो ।

नेपालका पर्यटकीय स्थलहरूको जानकारी दिँदै घुम्न आउनका लागि त्यहाँका पर्यटनसँग सम्बन्धित संघसस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

हानका अध्यक्ष विनायक शाह र महासचिव साजन शाक्यको नेतृत्वमा गएको टिमले ढाका र कंक्सबजारमा सेल्स मिसनका कार्यक्रम आयोजना गर्नेछ । सो अवसरमा नेपाल आउँदा लाग्ने होटल प्याकेजको बारेमासमेत जानकारी दिइने छ ।

पाँच दिनका लागि ढाका प्रस्थान गरेका हान टिमको निर्वाचनपछि पहिलो सेल्स मिसन हो । ढाका प्रस्थान गरेका टिमलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका कोषाध्यक्ष युवराज श्रेष्ठले पछिल्लो समय बंगाली पर्यटकको रोजाई नेपाल परिरहेको बेला हानको यो सेल्स मिसनले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : २५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%