२६ पुस २०८१, शुक्रबार | January 10, 2025

म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा



म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ । मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो ।

तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मङ्गलाका प्राविधिक नगेन्द्र सापकोटाले बताए ।

“म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट पानी तानेर ६५ मिटरमाथि पोकफाँटको सिरानमा पुर्याइएको छ”, उनले भने, “नहरबाट कृषकको खेतबारीमा पानी लगेर सिँचाइ गर्न सकिन्छ ।” लिफ्ट सिँचाइ आयोजनाको सोमबार परीक्षण सफल भएको प्राविधिक उनले बताए ।

पोक म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिन्छ । लिफ्ट सिँचाइ आयोजनाबाट पोकको ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष मनप्रसाद बुढाथोकीले बताए । बाउन्न घरधुरी कृषक लाभान्वित भएका छन् । हिउँदयाममा सिँचाइ अभावमा कृषकलाई खेतीबाली लगाउन समस्या परेपछि लिफ्ट प्रविधिको विकल्प अपनाइएको हो ।

बर्खायाममा मूल फुट्ने र खोल्सामा पानी आउने हुँदा सिँचाइको समस्या हुँदैन । खडेरी र हिउँदयाममा सिँचाइ अभावमा बाली सुक्ने समस्या छ । पानीको अभावमा धानको ब्याड राख्न नपाएका र खेतको मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने पोकका कृषकको अपेक्षा छ । सिँचाइ भएपछि जमिन बाँझो राख्नुपर्ने समस्या हटेर बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने भएको छ ।

लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रु १० लाख बजेट विनियोजन गरेको थियो । पम्प, पाइप खरिद र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी नयाँ ट्रान्सफर्मर राखेर विद्युत्को व्यवस्था मिलाइएको छ । म्याग्दी नदी किनारमा आवश्यक परेको समयमा पाइप राखेर पानी तान्न मिल्ने संरचना बनाइएको थियो । आगामी वर्ष म्याग्दी नदीबाट तानेको पानी सङ्कलन गर्ने पोखरी बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ७ : ३८ बजे

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र, हराएका मध्य ७६५ फेला परे

काठमाडौँ । हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले

दुम्कीबासमा पुल भाँचिएपछि तीनवटा वैकल्पिक रुटबाट आवागमन संचालन

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल

प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम

व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय

अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड

पोखरा । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले नीतिगत सुधार गर्नुपर्नेमा सरोकारवालाले