११ कार्तिक २०८१, आइतबार | October 27, 2024

बसपार्क सञ्चालन गर्न कार्यविधि पारित



बागमती । मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेको छ ।

सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका-४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ । कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन हुने निर्णय गरेको छ ।

समितिमा एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । समितिका सदस्यमा नगरप्रमुख, यातायात व्यवसायीमध्येबाट एक, उद्योग वाणिज्य सङ्घको तर्फबाट एक र उपभोक्ताबाट एक जना रहने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि प्रत्येक वडामा टोल भेला गरी सुझाव सङ्कलन गर्नेलगायत विभिन्न निर्णय गरेको नगरपालिकाका प्रवक्ता हेरमान गोपालीले जानकारी दिए । साथै बैठकले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०८० तथा व्यापार–व्यवसायसम्बन्धी कार्यविधि, २०७७ लाई संशोधनसमेत गरेको बताइएको छ ।

बैठकले नगरभित्र निर्माण हुने घरको नक्सापास कार्यविधि ल्याइने निर्णय गरेको हो । थाहा नगरपालिकाभित्र निर्माण भइसकेको र निर्माणाधीन घरको नक्सापास गर्नुपर्ने मापदण्डअनुसार निर्माण भएका भवनको निर्माणपत्र दिने र मापदण्डविपरीत निर्माण भएका घरको अभिलेखीकरण गर्ने तथा नयाँ निर्माण हुने घरलाई भवन निर्माणसम्बन्धी कार्यविधि बनाई नक्सापास भएपछि मात्र घर निर्माण गर्न आग्रहसमेत गर्ने बताइएको छ ।

त्यसैगरी घर निर्माणका लागि ‘डिपिसी’ गरेर राखेका घरको निर्माण प्रक्रिया पूरा गर्न सूचना जारी गर्नेसमेत निर्णय गरिएको प्रवक्ता गोपालीले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ७ : ३४ बजे

गैरआवासीय नेपाली दिवसः एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

काठमाडौंं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा

बाँकेमा प्रस्ताव गरिएको धार्मिक पर्यटन मार्ग वर्षौंदेखि अलपत्र

नेपालगन्ज । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

ललितपुर । शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव