१७ चैत्र २०८१, आइतबार | March 30, 2025

बेलायतमा ७५५ बर्ष पछि पहिलो प्रधानन्यायधिस नियुक्ती हुदैँ



लन्डन । यसपटक बेलायतको न्यायिक प्रणालीको कमाण्ड महिला प्रधान न्यायाधीशको हातमा हुने भएको छ ।

बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो । यसअघि प्रधानन्याधिसमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् ।

मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन् । जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन् ।

दुई उम्मेदवार मध्ये एक बेलायतको लर्ड प्रधान न्यायाधीश बन्नेछन् । आगामी दुई साताभित्र यसको घोषणा हुनेछ । बेलायतमा न्यायपालिका स्थापना भएदेखि नै प्रधानन्यायाधीशको उपाधि सधैं पुरुषकै हातमा रहेको छ ।

प्रधान न्यायाधीशको पद पहिलो पटक १२६८ मा सिर्जना गरिएको थियो । अहिलेसम्म १०० भन्दा बढी पुरुषहरू यसमा बसेका छन् ।

अहिले भिक्टोरिया शार्प यो पदका लागि अग्रपंक्तिमा छन् । उनका जुम्ल्याहा भाइ पूर्व गोल्डम्यान साक्स फाइनान्सर रिचर्ड शार्प हुन् । बोरिस जोनसनसँगको विवादपछि उनले गत महिना बीबीसीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ६ : ५९ बजे

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरु आम्नेसाम्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा संचालनमा आज पनि अवरोध भएको छ

बसन्ता खनाल बनिन् प्रथम बुटवल लोकतारा

बुटवल । बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता

पाथीभरा केवलकार निर्माण रोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास