९ आश्विन २०८१, बुधबार | September 25, 2024

दश महिनामा भित्रियो १० खर्ब बढी रेमिट्यान्स



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब रेमिट्यान्स (विप्रेषण) मुलुकभित्र भित्रिएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव चार प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव दुई प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ) लिने नेपालीको सङ्ख्या ५१ दशमलव चार प्रतिशतले वृद्धि भई चार लाख २१ हजार दुई सय ७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा तीन दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३८ हजार नौ सय ७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या एक सय ८५ दशमलब पाँच प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शून्य दशमलव तीन प्रतिशतले बढेको थियो ।
(((

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ४ : ०८ बजे

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल

परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा

श्रीलंकाको संसद भंग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गरेका

बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

बागलुङ । बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

कोरला नाकामा सञ्चार सुविधा विस्तार

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले