२८ मंसिर २०८२, आइतबार | December 14, 2025

अमेरिका अभिनेता ड्यानीमाथी बलात्कारको आरोप पुष्टी, गए ३० वर्ष जेलमा



लस एन्जलस । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथी बलात्कार गरेको पुष्टी भएको छ । लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथी लगाईएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टी भएपछि उनलाई जेल सजायँ तोकिएको हो ।

लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाईको क्रममा बलात्कारको तीनवटा मुद्दाहरू मध्ये दुईमा दोषी पाईएको हो । उनलाई सो अदालतले ३० बर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसालासँगै उनलाई हत्कडी लगाएर नियन्त्रणमा लिईएको छ ।

‘अगाडि आएर साहसका साथ आफ्ना अनुभव साझा गर्ने तीन जना महिलालाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं । तिनीहरूको साहस र शक्ति हामी सबैको लागि प्रेरणा भएको छ,’ जिल्ला अधिवक्ता ग्यासकोनले भने, ‘जब हामी निराश छौं कि जूरीले सबै गणनामा दोषी ठहराउन सकेन, हामी उनीहरूको निर्णयलाई सम्मान गर्छौं ।’

‘दि ७० शो स्टार’ का ४७ वर्षीया अभिनेता ड्यानीले सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन । यद्धपी, उनले सो आरोप भने अस्विकार गरेका छन ।

अदालतको फैसालासँगै अब उनले राज्य जेलमा ३० वर्षसम्म आजीवन जेल सजाय भोग्नु पर्नेछ । सो फैसालालगत्तै मास्टरसनलाई बुधबार हिरासतमा लिइएको सिएनएनले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ०० बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%