काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजीं) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ । स्ट्रासबर्गसँग १-१ को बराबरी खेल्दै पिएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधी जीत हासिल गरेको हो ।
यो जीतसँगै पिएसजीले ११ औं पटक फ्रेन्च लिगको उपाधी उचालेको हो । पिएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बखतामा शनिबार राती भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पिएसजीलाई उपाधी जित्न सहज भएको हो ।
पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५९ औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।
तर, घरेलु टोली पिएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन । खेलेको ७९ औं मिनेटमा केभिन गेमेरियोले गोल गरे पछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनवाट जान पनि रोकियो ।
यस बराबरीसँगै पिएसजीले ३७ खेलबाट ८५ अंक बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५ औं स्थानमा छ ।
प्रतिक्रिया