सप्तरी । एक हप्ताभित्र सप्तरीमा हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा सोमबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।
२५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएपछि स्थानीय त्रसित छन् । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाइ छ ।
यसअघि गत ३१ वैशाखमा शम्भुनाथ नगरपालिका-२ बस्ने मो.लुकमानको २४ वर्षीय छोरा मो.तफेजुलको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
प्रतिक्रिया