३१ भदौ २०८१, सोमबार | September 16, 2024

सदस्यसचिव वाग्लेलाई हटाउने निर्णय कार्यन्वयन नगर्न उच्च अदालतको आदेश



विराटनगर । कोशी प्रदेश अन्तर्गतका खेलकुद विकास परिसदका सदस्य सचिव हंशराज वाग्लेको पद थामिन पुगेको छ ।

कोशी प्रदेश सरकारलाई उच्च अदालतले वानग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनको पद थमौती भएको हो ।

कोशी सरकारले गत बुधबार वाग्लेलाई बर्खास्त गर्ने निर्णय लिएको थियो । उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा पुगेका थिए ।

उच्च अदालतका न्यायाधीश कमलकृष्ण अधिकारीको एकल इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख किन नगरेको ? भन्दै सामाजिक विकास मन्त्रालयले पहिलो पटक वैशाख १७ गते  र दोस्रो पटक बैशाख २७ गते गरी दुई दुई पटक स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै गत बुधवार उनलाई बर्खास्त गर्ने निर्णय मन्त्रीपरिषदले गरेको थियो ।

तर, उच्च अदालतको अन्तरिम आदेशले उनको पद भने तत्कालका लागि रोकिन पुगेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : १६ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित