३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आईपीएल : बैंग्लोरलाई कोलकाताले हरायो



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २१ रनले हरायो ।

बैंग्लोरले भने घरेलु मैदानमा हार बेहोर्यो । आफ्नो आठौँ खेलमा कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

३७ बलको सामना गरेका कोहलीले ६ चौकासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै, महिपाल लोमरले ३४, दिनेश कार्तिकले २२, फाफ डु प्लेसिसले १७ र सुयश प्रभुदेसाईले १० रन जोडे । विजयकुमार वैशाक १३ र डेविड विलीले ११ रनमा अविजित रहे ।

कोलकाताका लागि वरुण चक्रवर्तीले ३, आन्द्रे रसेल र सुयश शर्माले २-२ विकेट हात पारे । त्यसअघि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।

उसका लागि ओपनर जेसन रोयले अर्धशतकीय पारी खेले । २९ बलको सामना गरेका उनले ५ छक्का र ४ चौकासहित सर्वाधिक ५६ रन बनाए । जारी सिजनमा रोयको यो लगातार दोस्रो अर्धशतक हो । उनले अघिल्लो खेलमा चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध २६ बलमा ६१ रनको विस्फोटक पारी खेलेका थिए ।

बैंग्लोरविरुद्ध कप्तान नितिश राणाले २१ ब्लमा ४ छक्का र ३ चौकाको मद्दतमा ४८ रनको इनिङ खेले । वैंकटेश अय्यर, नारायण जगदीशन २७ र आन्द्रे रसेल १ रनमा आउट भए ।

अविजित रहेका रिंकु सिंहले १० बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रनको योगदान दिए । डेविड भिसेले १२ बलमा २ छक्कासहित अविजित १२ रन जोडे ।

बैंग्लोर लागि विजयकुमार वैशाक, वानिन्दु हसरंगाले २र२ र मोहम्मद सिराजले १ विकेट लिए । यो जितपछि कोलकाता अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । उसले ८ खेलमा ५ मा हार तथा ३ खेलमा जित हात पारेको छ ।

हारपछि पनि पाँचौं स्थानमा कायमै रहेको बैंग्लोरले ८ मध्ये ४ मा जित र ४ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ४२ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको