३१ भदौ २०८१, सोमबार | September 17, 2024

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन संसदीय विशेष समिति गठन हुने



काठमाडौं । प्रमुख तीन दलका शीर्षनेताबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गरेर निष्कर्षमा पुग्न संसदीय विशेष समिति गठन गर्ने पनि सहमति भएको एमालेका प्रमुख सचेकत पदम गिरीले जानकारी दिए ।

उनका अनुसार कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी माओवादीबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी बैठकमा  संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति जुटेको हो ।

प्रतिनिधिसभामा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पेस गरिएको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ५ : ३० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित