२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

प्रधानन्यायाधीश नियुक्तीमा सहमति नहुदाँ संबैधानिक परिषदको बैठक निष्कर्ष बिहिन



काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरवारमा बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सो बैठकका बारेमा जानकारी दिदैँ  राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय भने हुन नसकेको बताए । उनका अनुसार अर्को बैठक कहिले बस्छ, त्यो पनि टुंगो नभएको उनले जानकारी दिए ।

तत्कालिन प्रधानन्यायधिस चोलेन्द्रशमशेर राणाको महाअभियोगको क्रममा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

कायममुकायम प्रधानन्यायधिस कार्कीलाई नै नियुक्ती गर्ने कि अरुलाई भन्ने बारेमा छलफल भए पनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन । यद्धपी, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए पछि पहिलो पटक संबैधानिक परिषदको बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र उपप्रधान तथा कानुन मन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : १० बजे

तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनामा

होटल पौवाको बुटवल शाखामा आज साँझ सराँय नाच प्रस्तुत गरिँदै

बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई