३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आईपीएल : मुम्बईको तेस्रो जित



काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । मुम्बईले मंगलबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादविरुद्ध १४ रनको जित दर्ता गरेको हो ।

राजीव गान्धी अन्तराष्ट्रिय रंगशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो ।

हैदरबादका मयंक अग्रवालले ४८ रन बनाए । हेनरिक क्लासेनले ३६, कप्तान आइदेन मार्करमले २२, मार्को जान्सेनले १३ र वासिंटन सुन्दरले १० रन जोडे । मुम्बईका पियुस चावला, रिले मेरेडिथ र जासोन बेहरनडोर्फले समान दुई विकेट लिए । यस्तै, अर्जुन तेन्दुल्कर र क्यामरुन ग्रिनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९२ रनको योगफल खडा गरेको थियो । मुम्बईका क्यामरुन ग्रिनले ६४ रन बनाए । ग्रिनले ४० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । इशान किशनले ३८, तिलक वमाएले ३७, कप्तान रोहित शर्माले २८ र टिम डेविडले १६ रन बनाए ।

हैदराबादका मार्को जान्सेनले दुई विकेट लिए । भुवनेश्वर कुमार र टी नटराजनले एक-एक विकेट लिए । जितसँगै तीन खेलबाट ६ अंक जोडेको मुम्बई तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको हैदराबाद तालिकाको नवौं स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : ०९ बजे

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित