२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बाँकेमा म्याद सकिएको महिनाको भिटामिन ‘ए’ खुवाउने प्रयास असफल, ड्यामेज भेटिएपछि कार्यक्रम स्थगित



नेपालगन्ज । म्याद सकिएकै महिनामा बाँकेमा बालबालिकालाई खुवाउने तयारी गरिएको भिटामिन ‘ए’ कार्यक्रम अन्तिम अवस्थामा स्थगित गरिएको छ । स्वास्थ्य कार्यालयको लापरवाहीपूर्ण भण्डारणका कारण वितरण गरिएको भिटामिन ए को क्याप्सुलको रङ्गमा परिवर्तन आएपछि प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनमा कार्यक्रम स्थगित गरिएको हो ।

२०२३ अप्रिलमा म्याद समाप्त हुने मिति भएको भिटामिन ए भोली देखि बालबालिकाहरुलाई खुवाइने तयारी गरिएको थियो । स्वास्थ्य कार्यालयले  जिल्लाभरीका स्वास्थ्य केन्द्रहरुमा पठाइएको भिटामिन ‘ए’ क्याप्सुलमा केहि दाग जस्तो देखिएको तथा फरक फरक रङ्ग देखिएपछि स्वास्थ्य स्वयमसेविकाहरुले प्रदेश स्वास्थ्य निर्देशनालयमा खबर गरेका थिए । खबर आए लगत्तै निर्देशनालयले कार्यक्रम स्थगित गर्न निर्देशन दिएको बताइएको छ ।

बालबालिकालाई खुवाइने भिटामिन ए जस्तो संबेदनशिल क्याप्सुल नेपालगन्जको चर्को घाममा भण्डारण गरिएका कारण ड्यामेज भएको स्रोतले दाबी गरेको छ । गोदाम र निश्चित तापक्रममा राखिनुपर्ने भिटामिन क्याप्सुल केहीदिन देखि गोदाम बाहिर खुल्ला घाममा राखिएको स्रोतको दाबी छ ।

सामान्यतया म्याद सकिएको महिनाको औषधी प्रयोगमा नल्याउने परम्परा बिपरित स्वास्थ्य कार्यालयले म्याद सकिएको महिनामा भिटामिन खुवाउने तयारी गरेको एक स्वास्थ्यकर्मीले बताए ।भिटामिन ‘ए’ क्याप्सुलको म्याद पनि चालु महिना सम्म मात्र रहेकाले म्याद नाघेको पनि हुन सक्ने अनुमान उनले गरे ।

बुधबारबाट खुवाउने तयारी गरिएको भिटामिन ए अव कहिले खुवाउने भन्ने मिति तय भएको छैन । घटना सम्बन्धमा बुझ्न खबरकुराको सम्पर्क गर्ने प्रयास कार्यालय प्रमुखको मोबाइल नउठेपछि सफल हुन सकेन ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ९ : ४५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%