काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । भीआईपी सुरक्षामा खटिएका प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले शुक्रबार राति साढे ९ बजे पुनको आमामाथि गोली गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी सहायक हवलदार पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट अनन्तकी ७० वर्षीय आमा तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
प्रतिक्रिया