२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सिंहदरबारको फोहोर नउठाउने मेयरको अभिव्यक्तिप्रति सरकार गम्भीर



काठमाडौं । सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको बताइन् ।

सरकारले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : ४७ बजे

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण