१५ मंसिर २०८१, शनिबार | November 30, 2024

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई



पथरी । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित उनले रु ५१ हजार पुरस्कार प्राप्त गरे ।

फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए । तिम्सिनाले रु ३५ हजार र नेपालले रु २५ हजार पुरस्कार प्राप्त गरे । चौथो भएका पुकार राईले रु २० हजार र पाँचौँ हुने नवीन तुण्डकारले रु १५ हजार पुरस्कार प्राप्त गरे ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा चार दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ५२ बजे

पूर्वप्रधानमन्त्री खनाल चीन जाँदाजाँदै भने -‘नेपालले बिआरआई स्वीकार गर्नु पर्छ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का

एनपीएलको च्याम्पियनले १ करोड ११ लाख पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेतलो एक करोड

एनपिएलको उद्घाटन खेल : जनकपुरले टस जित्यो, फिल्डिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्टस्

सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हुँदैन : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित

काठमाडौं । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल