काठमाडौं । इन्डियन प्रमियर लिग (आईपीएल)मा पञ्चाव किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा पञ्चावले राजस्थान रोयल्समाथि ५ रनको रोमाञ्चक जित निकाल्यो ।
गुवाहटीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्चाजवले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो । पञ्चावविरुद्ध जितका लागि १९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो ।
१९ ओभर सकिँदासम्म राजस्थानलाई जितका लागि १६ रन आवश्यक थियो । तर पञ्चावका साम कुरानले अन्तिम ओभरमा १ विकेट लिँदै १० रन मात्र खर्चिए । पञ्जावका लागि नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। यस्तै, अर्शदिप सिंहले २ विकेट लिए ।
राजस्थानका लागि कप्तान नसन्जु सामसनले ४२ रन बनाए २५ बलमा ५ चौका र १ छक्का प्रहार गरेका सामसन अर्धशतक बनाउन चुके । १८ बल खेलेका शिमरोन हेतमायरले ३६ रन बनाए । ध्रुव जुरेलले ३२ रन बनाए ।
पञ्चावका लागि कप्तान शिखर धवन र प्रबसिमरन सिंहले उत्कृष्ठ ब्याटिङ गरे। कप्तान धवनले ५६ बलमा ८६ रन बनाए भने प्रबसिमरनले ३४ बलमा ६० रन बनाए । यस्तै, जिते शर्माले २७ तथा मसूद शाहरुख खानले ११ रन बनाए ।
पञ्चावविरुद्ध राजस्थानका ज्यासन होल्डरले २ तथा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १-१ विकेट लिए ।
लगातार २ वटा खेलमा जित निकालेको गुजरात जायन्ट्स ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने पञ्चाव पनि समान ४ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान भने २ अंकका साथ चौथो स्थानमा छ ।
प्रतिक्रिया