३१ भदौ २०८१, सोमबार | September 17, 2024

ड्रिमल्याण्ड गोल्ड रिर्सोटको १३ औ वर्ष : सातै प्रदेशमा आउटलेट खोल्ने घोषणा



बुटवल । रुपन्देही र यस आसपासमा उत्कृष्ठ सेवा दिँदै आएको ड्रिमल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रालीले आफ्नो स्थापनाको १३ बार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवका अवसरमा बिभिन्न कार्यक्रम सहित होटलका कर्मठ कर्मचारीहरुलाई सममान समेत गरिएको छ ।

वार्षिक उत्सव समारोहमा बोल्दै होटलका अध्यक्ष गोपाल रानाले ड्रिम ग्रुपले देशका सात वटै प्रदेश राजधानीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको घोषणा गरे । उनले रूपन्देहीमा स्थापनाभई होटल व्यवसायमा चेन विजनेशको सुरुवात गरेको ड्रिम ग्रुपले आउटलेट खोल्ने योजना अभियानकै रूपमा अगाडी बढ्ने बताए । अहिलेको विषम परिस्थतिको कारण केही समय ढिला भएपनि अभियानबाट अव नरोकिने उनले बताए ।

कार्यक्रममा अध्यक्ष रानाले १३ औ बर्षिक उत्सवको अवसरमा केक काटेर सेलिब्रेसन गरेका थिए । वार्षिक उत्सव कार्यक्रममा रिर्सोटमा कार्यरत कर्मचारीहरू मध्ये विभिन्न विधामा कार्यरत १८ जना कर्मचारीहरूलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

हाल ड्रिम ग्रुप अन्तर्गत ड्रिमल्याण्ड गोल्ड रिर्सोट मणिग्राम र बुटवलमा बुटिक होटलको रूपमा ड्रिम ईन्टरनेशनल होटल सञ्चालनमा रहेको छ ।

कार्यक्रममा सञ्चालक विष्णु बहादुर थापा, सञ्चालक गिता थापा, ड्रिमल्याण्ड गोल्ड रिर्सोट एण्ड होटलका जनरल म्यानेजर लक्ष्मण खड्का सहित होटलका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १ : ०२ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित