३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बारा-२ मा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने



काठमाडौं । आन्तरिक खिचलोका कारण उम्मेदवारको नाम तय गर्न नसकेको नेकपा एमालेले मनोनयन दर्ताको केही घण्टा अगाडि मात्र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेले बारा २ को उप निर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आन्तरिक विवाद र उम्मेदवारमा धेरै आकांक्षी खडा भएपछि एमालेले उम्मेदवारको नामबारे निर्णय गर्न सकेको थिएन । पार्टी विभाजन अघि माधव नेपाललाई सघाएको भन्दै पौडेललाई उम्मेदवार बनाउन नहुने मत उठेपछि निर्णयमा ढिालाई भएको एमाले बाराका एक जिल्ला नेताले बताए ।

गत मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो । जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा पूर्ति गर्न आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको हो ।

बारा २ सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार छन् ।

एमालेबाट पूर्व खेलकुद मन्त्रीसमेत रहेका पुरुषोत्तम पौडेल एमाले भित्रको विवाद उत्कर्षमा पुग्दा माधव नेपाललाई साथ दिए पनि एमाले विभाजन भएपछि भने एमालेमै बस्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ५६ बजे

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित