२५ चैत्र २०८१, सोमबार | April 7, 2025

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ सार्वजनिक



काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले शुक्रबार नेपालमा रेडमी नोट ९ सार्वजनिक गरेको छ ।

नोट ९ सिरिजमा सार्वजनिक गरिएको मध्ये यो दोस्रो फोन हो । हालै सार्वजनिक भएको रेडमी नोट ९ प्रो का साथ, नयाँ रेडमी नोट स्मार्टफोन लाइनअपले कुनै फ्ल्यागसीप मुल्य बिन्दु बिना अत्याधुनिक डिजाइन र नविनता जारी राख्ने शाओमी नेपालले दाबी गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्छन्, ‘हामी नोट ९ सिरिजमा अर्को स्मार्टफोन नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं ।’

५०२० एमएएच ब्याट्री, ४८ एमपी क्यामेरा र मिडियाटेक हेलियो जी ८५ प्रोसेसर जस्ता विशेषताका साथ रेडमी नोट ९ लाई उपभोक्ताले मन परोउन कोठारीले विश्वास व्यक्त गरे ।

४ जीबी +१२८जीबी भेरियन्टमा दुई कलर – मिडनाइट ग्रे र फरेस्ट ग्रीनमा उपलब्ध रेडमी नोटको मूल्य २२ हजार ९९९ रुपैयाँ पर्दछ । १८ सय भन्दा बढि मी प्रिफर्ड पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाईन पार्टनर डराज र सस्तोडिलमा छिट्टै उपलब्ध हुनेछ शाओमी नेपालले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ३ : २१ बजे

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा

‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ : सांसद आचार्य

काठमाडौं । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी