२८ मंसिर २०८२, आइतबार | December 14, 2025

२२ औं तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पालाइ पराजित गर्दै थ्री स्टार विजयी



बुटवल । शनिबारदेखि सुरु भएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा हेरिदै आएको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपमा निकै प्रतिष्प्रर्धात्मक दोस्रो खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिनको खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १-० गोलमा पराजित गरेको हो । यो जित संगै थ्री स्टार समेमिफाईनलमा प्रवेश गरेको छ ।

दोस्रो हापको ३८ औं मिनेटमा थ्री स्टारका खेलाडी दिपेश गुरुङले गरेको गोल नै निणर्यक बनेको थियो । प्रतियोगितमा थ्री स्टारका लकिन लिम्बु म्यान अफ दी म्याच घोषित भए । आजको जितसँगै थ्रीस्टारले शनिबारको विजेता सुदूरपश्चिम-११ सँग सेमिफाइनलको भेट पक्का गरेको छ । सुदूरपश्चिमले रुपन्देही-११ लाई शनिबार ३-१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

खेलमा हिमालयन शेर्पाका खेलाडी निशान लिम्बू र थ्री स्टारका खेलाडी पिटरले पहेँलो कार्ड पाएका थिए ।

एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

भोलीको खेल विभागिय टोली नेपाल सशस्त्र प्रहरी एपीएफ र फ्रेण्ड्स क्लब बिच दिउँसो ३ बजे खेल हुने छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ६ : ०३ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई