काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक रहेको औंल्याएका छन् ।
उनले शीतल निवासमा संघीय र प्रदेश सांसदहरुका लागि आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमती र एकताले मात्र संक्रमणकालीन न्यायको व्यवस्थापन हुन सक्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै आर्थिक क्षेत्रमा देखिएको असर, राजनीतिक उपलब्धिको रक्षाका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताए । जलवायु परिवर्तनले देखा पर्न थालेका असरहरूको व्यवस्थापनमा दलहरुबीच सहमति हुनुपर्ने उनको भनाई छ ।
राजनैतिक उपलब्धिलाई सदुपयोग गरेर तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धिमाथि नै प्रहार हुन सक्नेतर्फ चेतावनी दिँदै उनले मुलुकका सामु अहिले चुनौती रहेको उल्लेख गरे ।
उनले लोकतान्त्रिक संस्थाहरु बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्ने भन्दै दलहरुलाई सचेत समेत गराएका छन् । बताउँदै यसतर्फ पनि सजग हुनेपर्ने बताएका छन् ।
प्रतिक्रिया