४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

जीर्णोद्धारपछि चिटिक्क बागलुङ कालिका



बागलुङ । भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णोद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णोद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको छ । भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो ।

मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ । मन्दिरमा सत्तल, हवन कुण्डलगायतका संरचना निर्माणाधीन अवस्थामा छन् ।

गुठी व्यस्थापन समितिको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअनुसार मन्दिरको स्वरुप कलात्मक ढङ्गबाट निर्माण गरिएको हो । थप संरचना पुरातात्विक शैलीमा निर्माण गरिने अध्यक्ष खड्काको भनाइ छ ।

भूकम्पपछि पुरानो संरचना जोखिमपूर्ण तथा विगतको चुहिने ताम्रपत्र पनि जीर्णोद्धार गरिएको हो । जीर्णोद्धार गर्न करिब रु २६ लाख खर्च भएको छ । निर्माणाधीन सत्तल सम्पन्न गर्न रु ७० लाख र हवकुण्ड निर्माणमा रु १३ लाख खर्च हुनेछ ।

जीर्णोद्धार तथा थप संरचना निर्माणका लागि गुठी व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग रकम माग गरे पनि प्राप्त नभएको अध्यक्ष खड्काले बताए । हाल मन्दिरमा सङ्कलित भेटीबाट नै निर्माणको काम अघि बढेको छ ।

तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यारोहण गरेका थिए । उनको विवाह विसं १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोका रुपमा बुवासँग मागेर आफूसँगै ल्याए ।

पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पतीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ । मन्दिरमा वर्षको दुई पटक बडादसँै र चैतेदसँैमा विशेष पूजा हुन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  २ : ३८ बजे

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

राहुघाट जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत सकियो, आगामी असारभित्र निर्माण सक्ने लक्ष्य

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण

प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल