काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार आफु भएको बताएका छन् ।
उपराष्ट्रपतिको निर्वाचनमा आफैलाई मतदान गरेपछि बाहिर निस्कँदै गर्दा संचारकर्मीसँग कुरा गर्दै यादवले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउने दाबी गरे । उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो। अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनु हुनेछ ।’
यादवले संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवद्र्धनमा जोड दिने बताए । उनले भने, ‘संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ। नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भुमिका रहनेछ। म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु।’
गठबन्धनकै एक दल जनमत पार्टीबाट ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार छिन्।
प्रतिक्रिया